Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

नयाँ गठबन्धन चीनले होइन, हामीले बनाएका हौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन चीनले नभई आफूहरुले नबनाएको स्पष्टीकरण दिएका छन् ।

मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यो गठबन्धन आफूहरुले बनाएको भन्दै जस पनि आफूलाई नै दिन आग्रह गरे ।

‘यो परिर्वनन हामीले गरेको–गराएको हो, कमसेकम यति जस त हामीलाई दिनुस्’ उनले भने, ‘कहाँ चीन पुर्‍याएको यति सानो कामलाई पनि । चीनले बनाइदिएको रे ! चीन आयो रे ! चीन घुस्यो रे ! यस्तो खालको कुरा नगरे हुन्छ ।’

उनले अगाडि भने, ‘यत्रो मिहिनत गरेर बनाइएको छ । यति त जस त दिनुस् ।’

सरकारमा जाने हतारोले नभई देशको बर्बादी टुलुटुलु हरेर बस्न नसकेर गठबन्धन बनाएको उनको तर्क छ ।

नयाँ गठबन्धन बनेसँगै सरकारले आशा जगाएको उनको दाबी छ । सरकार परिर्वतन हुनेवित्तिकै मिटरब्याज पीडितहरुसँग चारबुँदे सहमति भएको भन्दै उनले भने, ‘सरकारले गाडीको बन्दोबस्त गरेर पठायो जस्तो लाग्छ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np