Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बुधवार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले भने, ‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ । जुन विषयहरु बाहिर पनि आइसकेका छन् । त्यो विषयमा सहमति भएको छ । त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ । तर आज त्यो सबै सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरेका छौं ।’

सत्ता साझेदारीका विषयमा एकीकृत समाजवादीले एमाले, माओवादी लगायत दलहरुसँग लिखित सहमति गरेको थियो । प्रमुख सचेतक चौधरीले अबको १५ महिना नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, त्यसपछिको १५ महिना नेकपा -एकीकृत समाजवादी) का माधवकुमार नेपाल र त्यसपछिको १५ महिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति भएको बताए ।

उक्त सहमति कार्यान्वयन हुन नसके फरक तरिकाले सोच्ने निर्णय संसदीय दलको बैठकबाट गरेको उनले बताए । ‘जे विषयमा सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन सकेन, भएन भने, इमान्दारी भएन भने फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौं,’ उनले भने, ‘१५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र त्यसपछिको प्रधानमन्त्री केपी शर्मा ओली हुने भन्ने सहमति भएको छ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np