Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता

काठमाडौं –  आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादीलगायतका दलले दर्ताको निवेदन दिएका छन् ।

रास्वपाले भने प्रतिनिधिसभामा मात्रै दल दर्ताका लागि निवेदन दिएको छ । जसकारण प्रदेशतर्फ १९ निवेदन परेको हो ।

आगामी १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदै छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np