Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

रास्वपाबाट उम्मेदवार बनेपछि लिम्बुलाई प्रेस सेन्टरले बर्खास्त गर्‍यो

काठमाडौँ – वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई  नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बर्खास्त गरेको छ ।

माओवादी केन्द्रमा आबद्ध लिम्बुलाई रास्वपाले इलाम- २ बात उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । लिम्बुलाई रास्वपाले उम्मेदवार बनाएसँगै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जानकारी दिएको छ ।

लिम्बु माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिवसमेत थिए ।

उनले माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न रास्वपा तिर लागेपछि बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले बताएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np