Global Force Media

२०८१ बैशाख २७ - Thu May, 2024 -

रास्वपाका उम्मेदवार मिलनले उल्लंघन गरे निर्वाचन आचारसंहिता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

इलाम–२ को उपनिर्वाचनमा मतदान गर्ने क्रममा उम्मेदवार समेत रहेका रास्वपाका मिलनले कोटमा पार्टीको ब्याज समेत लगाएका थिए ।

निर्वाचन आचारसंहिता २०७९ को धारा १८ (क) मा उल्लेख भएअनुसार मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने भनिएको छ ।

तर मिलनले भने ब्याज लगाएरै मतदान गर्नुका साथै तस्बिर समेत खिचाएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np