Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

सत्ता गठबन्धनमा लोसपा जोडिँदा यसरी फेरियो सिट बाँडफाँटको हिसाब

सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा_ भित्रिएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सिट बाँडफाँटको हिसाब फेरिएको छ । जनता समाजवादी पार्टी -जसपा_ सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेपछि बाँडफाँटमा गठबन्धनभित्र सिट थपघट हुने देखिएको हो ।

सत्ता गठबन्धनबाट जसपा बाहिरिएर लोसपा भित्रिएपछि पहिले भएको सिट बाँडफाँटमा हेरफेर हुने भएको छ । यसअघि कांग्रेसले ८६, माओवादीले ४४, एकीकृत समाजवादीले १७, राष्ट्रिय जनमोर्चाले २ सिट पाउने करिब सहमति भएको थियो ।

गठबन्धनभित्र १६ सिट मात्र भाग परेपछि असन्तुष्ट भएर जसपा नेकपा एमालेसँग तालमेल गर्न पुगेको छ । जसपाको ठाउँमा लोसपा गठबन्धनमा जोडिँदा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको केही सिट बढ्ने भएको हो ।

शुक्रबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ । १६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । कांग्रेसका एक पदाधिकारीले भने, अब कांग्रेसले ९० भन्दा बढी सिटमा उम्मेदवारी दिने अवस्था आएको छ । माओवादीले पनि ४६ र एकीकृत समाजवादीले करिब २० सिटसम्म पाउने जस्तो छ ।’
जसपालाई दिएको सिट लोसपालाई दिन नपर्ने भएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको भागमा केही सिट थपिने कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच प्रतिनिधिसभाको सिट बाँडफाँट करिब टुङ्गिएको छ ।

शुक्रबार बिहान ९ बजेबाट बसेको गठबन्धनको बैठकले करिब १० घण्टा लगाएर सिट बाँडफाँट टुङ्ग्याएको हो । शुक्रबार लोसपाका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग मात्र छलफल गरेका थिए । कांग्रेसका एक जना पदाधिकारीका अनुसार लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिइने छ ।

सत्ता गठबन्धनभित्र लोसालाई चुनावी तालमेलमा समेट्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा आवद्ध दल र लोसपाबीचको छलफलमा उक्त सहमति भएको लोसपा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।

उनले भने, ‘आजको बैठकमा गठबन्धनभित्र लोसपाको भूमिका, आवश्यकता, सहभागीतालगायतका विषयमा सैद्धान्तिक सहमति भएको छ, भोलि बस्ने बैठकबाट सिट बाँडफाँटको टुंगो लगाउँछौँ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np