Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

संसदमा लामिछानेको सम्बोधन- गगन थापामाथि केन्द्रित

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो मन्तव्य प्रतिनिधिसभामा कांग्रेस महामन्त्री गगन थापाप्रति लक्षित गरेका छन् ।

प्रतिनिधिसभामा उनले जवाफका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि कटाक्ष गर्दै कृषि अनुदानको रकम हिनामिना गर्नेलाई पनि संसद्बाट बाहिर पठाउन पर्ने बताए ।

उनले भने- ‘सहकारी ठगी गर्नेलाई मात्र होईन, कृषि अनुदान हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका पाल्नेलाई पनि बाहिर पठाउँ । दुई तीन वटा नागरिकता बोक्नेलाई मात्रै होईन, नागरिकता एउटै बोक्ने, देशकै बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेण्टहरुलाई पनि बाहिर पठाउँ । देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस् ।’

लामिछानेले स्ववियु सभापति हुदा, टियुको वेभसाइट बनाउदा रकम लिएको, नुवाकोटमा कृषि सम्बन्धि काम गर्न रकम लिएको, स्वास्थ्यमन्त्री हुदै कमिसन खाएको लगाएतका विषय उल्लेख गर्दै गगनमाथि कटाक्ष गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np