Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

कांग्रेसमा देखिएको विवादका कारण पार्टी विभाजन हुन सक्ने सम्भावनाबारे प्रदीप ज्ञवालीको चिन्ता

काठमाडौं,। नेकपा ( एमाले )का नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको महाधिवेशनमा देखिएको विवादका कारण पार्टी विभाजन हुन सक्ने सम्भावनाबारे चिन्ता व्यक्त गर्दै विगतका राजनीतिक घटनाक्रमको स्मरण गराएका छन् ।

महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी पनि महाधिवेशन गर्नैपर्ने दबाब बढाएसँगै कांग्रेस विभाजनको बाटोमा पुगेको चर्चाकाबीच नेता ज्ञवालीले कांग्रेस भित्रको आन्तरिक अवस्थाले मुलुकको लोकतान्त्रिक प्रणालीमा गहिरो प्रभाव पर्ने र अन्ततः लोकतन्त्रले नै ठुलो मूल्य चुकाउनुपर्नेबारे चिन्ता व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले कांग्रेसलाई सुझबुझ देखाएर अघि बढ्न समेत सुझाएका छन् । ज्ञवालीले कांग्रेसले आफ्नो काँधमा रहेको ऐतिहासिक अभिभारालाई बुझेर आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्ने आशा व्यक्त गरेका छन्।

उनले लेखेका छन् ‘प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्छ । दलहरू आन्तरिक रूपले कमजोर या विभाजित हुँदा त्यसको मूल्य मुलुकको लोकतन्त्रले नै चुकाउनु पर्दोरहेछ भन्ने अनुभव हामीले निकट अतीतमा देखे भोगेका छौँ । २०५४ मा भएको नेकपा (एमाले ) विभाजनले कसरी हिँसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्न सघायो भन्ने तथ्यका रूपमा, र २०५९ मा भएको नेपाली काँग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि राजालाई कसरी बहाना दियो भन्ने यथार्थका रूपमा ।

त्यसैले लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वशर्त हो । आशा गरौँ लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि नै गंभीर चुनौती उपस्थित भएको यथार्थ र यिनको रक्षाका लागि आफ्नो काँधमा रहेको अभिभारालाई बोध गर्दै नेपाली काँग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ ।‘

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np