Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको दाबी

काठमाडौँ – इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सवारहरुको अवस्था अझै अज्ञात रहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताएका छन् ।

यो दुर्घटना भएको ठाउँको मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको थियो ।

टर्किले हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको र सो ड्रोनले दुर्घटनाको स्थल पत्ता लगाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np