Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

आजपाले ठगीको आरोपमा निष्कासित गरेका व्यक्तिलाई ओलीले टीका लगाए – प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले चैत्र महिनामै पार्टीको साधारण सदस्यबाट निकालिएको उपेन्द्र साह र असार महिनामा ठगी आरोपमा निष्कासित मनोज यादवलाई एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा भित्र्याएको दाबी गरेका छन् ।

साहसहित आजपाका दर्जन नेतालाई आज ओलीले च्यासलमै एक कार्यक्रम राखेर पार्टीमा स्वागत गरेका थिए ।

त्यसबारे उनले भनेका छन्, ‘चैत्र महिनामै आम जनता पार्टीको साधारण सदस्यबाट निकालिएको उपेन्द्र साह र असार महिना मै ठगी आरोपमा निष्कासित मनोज यादव लगायतालाई एमाले अध्यक्षले आजपाकै नेताको हैसियतमा टिका लगाएर ‘आजपाको दर्जनौँ ठुलो नेताहरू एमालेमा प्रवेश’ गरेको भ्रमपूर्ण एवं झुट प्रचार गरी रहेको छ ।’

प्रधानमन्त्री जस्तो सम्मानित पदमा रहेका व्यक्तिले यस्तो सफेद झुट बोल्नु कतिको उचित हुन्छ  भन्दै प्रश्न गरेका छन् ।

उनले थपेका छन्, ‘प्रधानमन्त्रीज्यू सीमित स्वार्थको लागि जे पनि प्रचार गर्ने कार्य बन्द गर्नुस् । यस्तो भ्रमपूर्ण प्रचारले तपाईँबाट समाजले के शिक्षा लिने  अलिकति पनि लेहाज गर्नुस् ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np