Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको नाराबाजीकै बीच विश्वासको मत लिएपछि : कांग्रेस आक्रोशित

काठमाडौं, । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलको बैठक डाकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको नाराबाजीकै बीच विश्वासको मत लिएपछि कांग्रेस आक्रोशित बनेको छ ।

प्रचण्डले आज विश्वासको मत लिएका छन् । कांग्रेसको चर्को नाराबाजीका बीच प्रचण्डको पक्षमा १५७ मत पर्दा विपक्षमा शून्य मत खसेको थियो । भने एक सांसद तटस्थ बसे । विपक्षी दलको बैठकलगत्तै प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा राप्रपा, जसपा नेपाल, लोसपा र जनमोर्चा छन् ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np