Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ

काठमाडौँ- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको सहमति जरुरी हुने बताएका छन् ।

काठमाडौँमा आज बेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रियामा उनले दलहरूबीच एक मत नहुँदा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको जिकिर गरे । ‘दलहरूबीच कतिपय मुद्दामा सहमतिबाट निकास निकाल्न जरुरी छ,  एक-दुई दलले चाहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा हुँदैन, सबैको सहमति चाहिन्छ,’ उनले भने ।

आफ्नो पार्टीले प्रयास गरिरहेको तर सम्भव नभएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियामा सहभागी सबै दलको प्रयासले मात्रै निकास निकाल्न सकिने बताए ।

विश्वमा शान्ति नचाहनेहरुले चलखेल गरी नेपालमा शान्ति प्रक्रियालाई पूरा गर्न नदिइरहेको गुरुङले उल्लेख गरे । अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक दलका नेताहरूकै कारण शान्ति प्रक्रियाले पूर्णता नपाएको बताए ।

अधिकारकर्मी एवं पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेताहरूले सत्य बताउन नसक्दा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको धारणा व्यक्त गरे । उनले शान्ति प्रक्रियालाई पूरा गर्न कुनै पनि राजनीतिक दल इच्छुक नभएको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np