Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

राष्ट्रिय जनता दलका नेता यादवको निधन

राष्ट्रिय जनता दलका नेता यादवको निधन

नयाँदिल्ली । राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका पूर्वसंघय मन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ७५ वर्षका थिए । यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए ।

दिवंगत यादवको पार्थिव शरीरलाई मध्यप्रदेशस्थित उनको जन्म गाउँमा अन्तिम संस्कार गरिने भएको छ ।

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धी, राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवलगायतले दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np