Global Force Media

२०८१ मंसिर २८ - Fri Dec, 2024 -

नुवाकोट ककनी गाउँपालिकाले २०८१/८२ को नीति कार्यक्रम सार्वजनिक

नुवाकोट /  नुवाकोट ककनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

असार १० गते १४ औँ गाउँ सभामा अध्यक्ष सुमन तामाङ साजन ‘’ ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यस्तै सभामा उपाध्यक्ष मिठुमाया तामाङले ६३ करोड ५४ लाख ६५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । जसमा सङ्घीय शसर्त चालुतर्फ २४ करोड १२ लाख ३१ हजार र सङ्घीय सशर्त पुँजीगत २० करोड २० लाख रहेका छन् ।

यस्तै सङ्घीय समपूरक अनुदान १५ करोड रुपैयाँ, समानीकरण ९ करोड ७६ लाख र नेपाल सरकार राजश्व बाँडफाँड ८ करोड ८८ लाख रहेका छन् ।

यस्तै प्रदेश सरकार सशर्त चालु अनुदान ९ करोड ६७ लाख ४० हजार रुपैयाँ, प्रदेश सरकार सशर्त पुँजीगत अनुदान १ करोड १ लाख ६० हजार रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदान ९२ लाख ९० हजार रुपैयाँ छुट्याइएको छ । यसै गरी प्रदेश सरकार विशेष अनुदान ८ करोड, प्रदेश सरकार समपूरक अनुदान २ करोड, प्रदेश सरकार राजश्व बाँडफाँड ३ करोड २९ लाख ९० हजार ३ सय रुपैयाँ रहेका छन् । आन्तरिक राजश्व २ करोड १३ लाख ९० हजार, बहत्तर बहत्तर (ढुङ्गा, गिट्टी र बलुवा) १ करोड ५० लाख, कामनपाबाट ३ करोड र अल्या १ करोड ६१ लाख २९ हजार ७ सय रुपैयाँ रहेका छन् ।

सो बजेट आव २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट तथा कार्यक्रम सभाबाट सर्वसम्मत रूपमा पारित भएको अध्यक्ष तामाङले जानकारी दिए ।

गाउँ सभाको क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने उपभोक्ता समितिहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

नीति तथा कार्यक्रममार्फत आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत सुशासन लगायतका क्षेत्रमा सन्तुलित र समन्यायिक विकास गर्दै समृद्ध गाउँपालिकाको स्थापना गर्न जोड दिइएको अध्यक्ष तामाङले बताए ।

आर्थिक ऐन २०८१ मा कर तथा गैह्र करको दायरालाई फराकिलो बनाइएको छ । राजश्व क्षेत्रको पहिचान र परिचालनमार्फत प्रगतिशील करका माध्यमबाट गाउँपालिकाको राजश्व बढाउँदै आत्मनिर्भर बनाउन सकिने प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np