Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्छ : केपी ओली

काठमाडौं ।  नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपालको टोलीसँग आज गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग दोहोर्याएका हुन् । उनले यसरी असंवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै जाँदा मुलुकको राजनीतिक प्रणालीमा गलत नजिर बस्नसक्ने भनी चिन्ता व्यक्त गरे ।

उनले संसद् पुनःस्थापनाबाट मात्र देशले राजनीतिक निकास पाउने विश्वाससहित आफ्नो पार्टी पुनःस्थापनाका पक्षमा रहेको स्पष्ट गरे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले पत्रकारिता क्षेत्रमा स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिए ।

छलफलमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्तमान अवस्थामा सञ्चारमाध्यमको अवस्था, पत्रकारप्रति बढेको सुरक्षा संवेदनशीलता र प्रेस चौतारीका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np