Global Force Media

२०८१ फाल्गुन २ - Fri Feb, 2025 -

शिवपुरी राष्ट्रिय निकुञ्जमा आत्मदाह प्रयास गर्ने युवकको उद्धार

 

शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज नजिकै एक युवक जलेर घाइते भएका छन् ।

शुक्रबार दिउँसो टोखा र तारकेश्वर नगरपालिकाको सीमा क्षेत्रमा नुवाकोट लिखु गाउँपालिका-३ सूर्यमतिका अन्दाजी ३० वर्षीय विकल्प पौडेलले शरीरमा आगो लगाएका थिए । जलेर घाइते भएका उनलाई काठमाडौं प्रहरी वृत्त महाराजगन्जको टोलीले उद्धार गरी अस्पताल ल्याएको हो ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । पौडेलको अनुहार र शरीरका विभिन्न भाग जलेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np