Global Force Media

२०८३ बैशाख ६ - Sun Apr, 2026 -

सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया नेटवर्कमा साढे पाँच करोड रकम ट्रान्सफर

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायहरूसँग छलफल गरेको छ ।शुक्रबार बसेको बैठकमा समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीहरूसँग छलफल गरेको छ ।

छलफलमा बागमती प्रदेशका सहकारी विभाग रजिष्ट्रार राजेन्द्रप्रसाद पोखरेल र कानुन अधिकृत मनोजकुमार गुप्ता, वीरगन्ज महानगरपालिकाबाट सत्यराज घिमिरे र सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भिमराज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्ट्रार अनिल कार्की तथा काठमाडौँ महानगरपालिकाबाट विभागीय प्रमुख बलराम त्रिपाठी र विज्ञ टीका कार्कीको उपस्थिति रहेको सभापति सूर्य थापाले जानकारी दिए ।

छलफल सूर्यदर्शन, सानो पाइला, सुप्रिम, ईमेज, साहारा, समानता लगायतका सहकारी संस्थाहरूमा केन्द्रित भएको उनले बताए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरूको अवस्था कस्तो छ भन्ने विषयमा छलफल भएको बताए । बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनका बारेमा जानकारी लिएको उनले बताए । त्यस्तै सुप्रिम सहकारीको बारेमा पनि जानकारी लिएको उनको भनाई छ ।

सञ्चारकर्मीहरूलाई जानकारी दिँदै समिति सभापति थापाले भने, ‘स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरूलाई व्यवस्थित गर्ने बारेमा कस्तो अवस्था छ भन्ने बारेमा छलफल गर्‍यौँ । खासगरी सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिको रिर्पोटको बारेमा जानकारी लियौँ । काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखा परेको प्रवृत्तिको बारेमा हामीले छलफल गर्‍यौँ । सुप्रिम सहकारीको बारेमा प्रदेश रजिष्ट्रारको कार्यालयले तथ्य विश्लेषण गरेको रहेछ त्यहाँको । त्यस बारेमा पनि छलफल भयो ।’

त्यसैगरी काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखापरेको प्रवृत्तिको बारेमा पनि बैठकमा छलफल भएको सभापति थापाले जानकारी दिए । हालसम्म गोरखा मिडिया नेटवर्कमा गएको रकम एउटा ४ करोड ८८ लाख  हजार २ सय ७१ रुपैयाँ ७६ पैसा र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सिधै २० लाख र जीबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको उनले बताए । सबै गरी करिब साढे ५ करोड रुपैयाँ सूर्यदर्शन सहकारीबाट गएको रहेको उनले बताए । जीबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरूको मार्फत हेमन्त अधिकारी र सूर्यदर्शन सहकारीको नाममा गएको उनले बताए । उनले एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पनि उदाहरण रहेको बताए । कुन चेक नम्बरबाट कुन मितिमा कसरी सहकारीको रकम पुगेको छ भन्ने पनि तथ्य प्राप्त भएको बताए ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np