Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

एमालेको संसदीय दलको नेतामा सुहाङ नेम्वाङको चर्चा

काठमाडौं,। नेकपा ( एमाले ) ले यो निर्वाचनमा प्रत्यक्षतर्फ जम्मा ९ सिट जितेको छ । यसरी जित निकाल्नेमा कोशी प्रदेशबाट चार जना छन् । जसमा दुई जना ४० वर्ष मुनिका युवा छन् । ताप्लेजुङबाट क्षितिज थेबे र इलाम–२ बाट सुहाङ नेम्वाङले जित हात पारे । उनले नेपाली कांग्रेसका भेषराज आचार्यलाई ७ हजार भन्दा बढि मतको अन्तरले पराजित गरेका हुन् ।

नेम्वाङले २२ हजार ४२६ मत ल्याएर जित निकाल्दा पराजित भएका आचार्यले १४ हजार ६५० मत ल्याएका छन् । यस्तै, कोशीबाट जित निकाल्ने नेताहरुमा डा। अर्जुनकुमार कार्की र राजेन्द्रकुमार राई पनि छन् । कार्की संखुवासभाबाट विजयी हुँदा राई धनकुटाबाट विजयी भएका हुन् । बझाङबाट ऐनबहादुर महरले जित निकाल्दा बाँकेबाट मोहम्मद ईस्तियाक राईले पनि जित निकालेका छन् ।

दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेलले जित निकाल्दा अछाम–२ बाट यज्ञबहादुर बोगटी र दार्चुलाबाट गणेशसिंह ठगुन्नाले जित निकालेका छन् । इलामबाट निर्वाचित सुहाङ नेम्वाङलाई यस्तो प्रतिकुलतामा पनि फराकिलो जित निकालेपछि अहिले उनको चर्चा भइरहेको छ । सुहाङ बुवा सुवासचन्द्र नेम्वाङको निधन भएपछि संसदीय राजनीतिमा आएका हुन् ।

उनले बुवाको निधन भएपछि रिक्त रहेको उपनिर्वाचनमा जित हात पारेका थिए । उनी राजनीतिमा मात्रै नभएर अध्ययनमा पनि बुवाकै पदचापमा थिए । सुवास नेम्वाङ कानूनविद्को रुपमा कहलिएका नेता हुन् । उनले दुई कार्यकाल नै संविधानसभामा सभामुखको भूमिका निर्वाह गरेका थिए । पार्टीमा उनी दलको उपनेतासम्म भए ।

अहिले एमालेबाट प्रत्यक्षतर्फ ९ जनाले जित्दा कानूनका विद्यार्थीसमेत रहेका उनै सुहाङलाई दलको नेता बनाउँदा सुवास नेम्वाङको पनि सम्मान हुने चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा समेत अहिले सुहाङलाई नै संसदीय दलको नेता बनाउनुपर्ने सुझाव दिन थालिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np