Global Force Media

२०८१ मंसिर २९ - Sat Dec, 2024 -

नेकपा एसले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दियो

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटी बैठकले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीको विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख रहे पनि आकांक्षी धेरै भए पनि समाजवादीले केन्द्रीय कमिटी ३४४ सदस्यीय बनाएको हो ।

खतिवडाले केन्द्रीय सदस्यहरूको शपथ ग्रहणपछि बैठक बसेर छिट्टै पदाधिकारी चयन गर्ने जानकारी दिए ।

यसअघि महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np