Global Force Media

२०८१ भाद्र ३१ - Mon Sep, 2024 -

टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पास

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मत रुपमा पास भएको छ।

समितिको आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो।

बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन समितिले प्रस्ताव पेश गरेको थियो।

प्रस्तावमाथिको छलफलपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गर्नुभएको हो।

साथै उहाँले प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिनु भएको छ। संसदको बैठक भने आगामी २९ साउनलाई तोकिएको छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np