Global Force Media

२०८१ मंसिर २५ - Tue Dec, 2024 -

ओलीले संसदमा भने– टीआरसीको सन्दर्भमा दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसीको विषयमा नेपालले दृष्टान्तयोग्य सफलता प्राप्त गर्न लागेको बताएका छन् ।  प्रतिनिधिसभा बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन लागिएको बताए ।

‘हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश हामी दिन सफल हुनेछौँ’, उनले भने, ‘यसकारण मैले आफ्नो खुसी व्यक्त गर्न खोजेको हुँ ।’ उनले २०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई यतिचाँडो टीआरसीको विषयमा टुंगोमा पुग्लाजस्तो नलागेको बताएको स्मरण गरे । तर त्यतिबेला पनि आफूले  महासभामा ‘आफ्नो ठाउँमा आफ्नै उपजको रुपमा शान्ति प्रक्रियालाई अघि बढाएको र टुंगोमा पुर्याउँछौँ’ भनेको स्मरण गरे ।

उनले दलहरुबीच सहमति भएर संसदमा विधेयक पेस भएकाले अब छलफलपछि सहजै पारित हुने विश्वास व्यक्त गरे ।  ‘विधेयक यहाँ छलफल भएपछि पारित हुन्छ । हामी यस सन्दर्भमा दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछौँ’, उनले भने।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np