टिआरसी विधेयक राष्ट्रिय सभामा पेश
काठमाडाैँ । राष्ट्रिय सभामा “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश गरिएको छ ।
आईतवारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गरेका हुन् । मन्त्री चौरसियाले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गरे ।
यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । अहिले विधेयकमाथि सांसदहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।