Global Force Media

२०८१ मंसिर २९ - Sat Dec, 2024 -

प्रतिनिधिसभामा दुई विधेयक पेस

काठमाडौँ- प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत भएका छन् । सभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ पेस गरे ।

त्यसअघि बैठकले ती दुई विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

उक्त विरोधको सूचनाका सम्बन्धमा वक्तव्य दिँदै अर्थमन्त्री पौडेलले धितोपत्र बजारलाई व्यवस्थित बनाउन संशोधन विधेयक प्रस्तुत गरिएको स्पष्ट पारे । उनले आर्थिक कार्यविधिलाई उत्तरदायी बनाउँदै आर्थिक अनुशासन कायम गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संशोधन गर्न लागिएको जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ११ गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np