Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

मन्त्रालयमा नै सुत्ने र त्यहीँ पकाएर खाने – नवनियुक्त शिक्षामन्त्री महावीर पुन

६ असोज, काठमाडौं ।नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमा नै सुत्ने र त्यहीँ पकाएर खाने बताएका छन् । मन्त्रीको रुपमा आज पद तथा गोपनियताको शपथग्रहण लिएपछि मिडियाकर्मीहरुबाट घेरिएका मन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले आफू किताब बेच्दै गर्दा मन्त्री बनाईएको भन्दै अहिले नै के के योजना छन् भनेर नसोध्नपनि पत्रकारहरुलाई सम्झाए । तर, आफू विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेकोले यसमा नयाँ नयाँ आविष्कार गर्ने र शिक्षालाई पनि सुधार गर्ने उनको प्रतिबद्धता छ ।

उनले अहिलेपनि आफूले युवाहरुलाई सन्देश दिँदा कसैको पुच्छर भएर वा कसैलाई सोधेर भन्दापनि आफ्नो विवेक लगाएर काम गर्न सुझाव दिएको बताए । तर, आफूले युवाहरुलाई जेसुकै गर वा सुतेर बस नभनेको उनको स्पष्टोक्ति थियो ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np