Global Force Media

२०८१ मंसिर २९ - Sat Dec, 2024 -

लेखा समितिका सभापतिमाथि प्रश्न उठाएपछि बाँस्कोटाले भने– राष्ट्रिय सभाको अध्यक्ष पनि फेरौँ

काठमाडौँ । प्रतिनिधि सभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि सांसदहरूले प्रश्न उठाएपछि नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले बचाउ गरेका छन् ।

उनले सभापति र समितिमाथि आक्रमण नगर्न समेत आग्रह गरे । लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने प्रश्न उठेपछि बाँस्कोटाले राष्ट्रिय सभा अध्यक्ष नै फेर्न माग गरे ।

‘हिजो एमाले प्रतिपक्षमा हुँदा हाम्रो विमति थियो । हिजो अदालतले सरकार बनाएको थियो, हाम्रो विमति थियो । तत्कालीन समयमा सभापति फेरौँ भनेर मैले कुरा उठाएको हो,’ उनले भने, ‘ आज परिस्थिति राजनीतिक सहमतिको हो । लेखा समिति सभापति फेर्ने भए राष्ट्रिय सभाको अध्यक्ष फेरौँ । प्रतिनिधि सभाको उपसभामुख फेरौँ अनि यहाँ पनि फेरौँ ।’ उनले सबै समितिको सभापतिमा चुनाव गरौँ, तयार हो ?  भनि प्रश्न उठाए ।

समिति सभापतिमाथि बारम्बार हमला नगर्न भन्दै उनले सभापति चाहिएको भए राजनीतिक सहमति खोज्न पनि आग्रह गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np