Global Force Media

२०८१ भाद्र ३१ - Mon Sep, 2024 -

चितवनमा डेंगी संक्रमणबाट १ जनाको मृत्यु

चितवन — डेंगी संक्रमणका कारण चितवनमा १ जनाको मृत्यु भएको छ । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीका अनुसार भरतपुर महानगरपालिका-२ का १ जना पुरुषको भदौ १५ गते बिहानपख उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् ।

डेंगी संक्रमणका कारण यो आर्थिक वर्षमा चितवनमा भएको यो पहिलो मृत्यु हो । चितवनमा संक्रमण फैलँदो छ । जनस्वास्थ्य कार्यालयका अनुसार साउनयता भदौ १६ सम्म चितवनमा ५५१ जनामा डेंगी संक्रमण भएको छ । सात पालिका रहेको चितवनमा सवैभन्दा बढी संक्रमण पहाडी भूभाग रहेको इच्छाकामना गाउँपालिकामा छ ।

इच्छाकामनामा साउनयता २८३ मा डेंगी संक्रमण भएको छ । त्यसपछि भरतपुर महानगरपालिकामा १५८ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भदौ र असोज महिनामा डेंगी फैलने जोखिम झनै रहेकाले सचेत रहन कार्यालयले अपिल गरेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np