Global Force Media

२०८१ मंसिर २९ - Sat Dec, 2024 -

टीआरसी: सर्च कमिटीलाई पूर्णता दिन शीर्ष नेताहरु सहमत

१ कात्तिक, काठमाडौं । सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको छ । संसदले टीआरसी विधेयक संशोधन भइसकेपनि दुबै आयोग पदाधिकारीबिहीन छन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति समेत गठन भएको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समिति (सर्च कमिटी)ले पूर्णता पाउन सकेको थिएन ।

तीन दलका शीर्ष नेताहरुबीच सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ । ‘अब सरकारले आयोगले सदस्य पठाउन आग्रह गर्छ’, छलफलमा सहभागी माओवादी उपमहासचिव शक्ति बस्नेतले भने ।

महान्यायाधिवक्ता रमेश बढालले पनि प्रक्रिया अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np