Global Force Media

२०८२ असार ५ - Thu Jun, 2025 -

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ । यो कोषमा रहेको मौज्दात रकम हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले असोज ३० गतेसम्मको विवरण सार्वजनिक गर्दै पछिल्लो एकसातामा कोषमा जम्मा भएको रकमबारे जानकारी दिएको हो ।

पछिल्लो सातामा साल्ट ट्रेडिङ कर्पोरेसनले ६० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ । गैरआवासीय नेपाली संघले ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ ।

नेसनल इन्सुरेन्स कम्पनीले १० लाख, विद्युत उत्पादन कम्पनीले ५ लाख ९६ हजार, राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार रुपैयाँ सहयोग कोषमा जम्मा गरेका छन् ।

यो सातामा १० दाताहरुले कोषमा सहयोग रकम दाखिला गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np