Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

पूर्वराजालाई पम्फा भुसालको चेतावनी : शान्तिपूर्ण रुपमा नागार्जुन सरेको ख्याल राख्नू

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नारायणहिटीबाट शान्तिपूर्ण रुपमा नागार्जुन सरेको ख्याल राख्न आग्रह गरेकी छन् ।

समाजवादी मोर्चाको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

‘..२४० वर्षको विरासत २०५८ को हत्याकाण्डले नै अन्त्य भएको थियो । तर, त्यसको केही समयपछि नेपालबाट विधिवत रुपमा राजावादी विदा भएको हो’ उनले भनिन् ।

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो ।

२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । तर, पछिल्लो समय राजतन्त्र पक्षधर पुनः सलबलाउन थालेका छन् ।

राजतन्त्रको बिदा गर्दै गर्दा पूर्वराजा ज्ञानेन्द्रले मागे अनुसार बस्ने ठाउँ, सुरक्षा र सुविधा दिइएको ख्याल गर्न उनको आग्रह छ ।

‘मलाइ बस्न बस्न नागर्जुन चाहियो । मलाई केही गाडी चाहिए । केही सुरक्षा चाहियो भनेर पाएपछि नारायणहिटीबाट शान्तिपूर्ण ढंगले बिदा भएको हो’ भुसालले स्मरण गरिन् ।

आफूहरूले शान्तिपूर्ण रुपमा बस्न भनेर छाडिएकोलाई कमजोरी नठानन्न उनको चेतावनी छ । पूर्वपञ्चहरूले विगतमा जस्तै राजा कजाएर खराबी गरेर रहन सकिन्छ भन्ने सोचेको उल्लेख गर्दै उनले त्यस्तो सपना पूरा नहुने बताइन ।

जनतामा निराशा रहेको र तर, त्यो निराशा समाप्त भइसकेको राजतन्त्रको पुनर्स्थापना हुन नसक्ने भन्दै उनले थपिन्, ‘कोही नागरिक दासी हुन तयार छैनन । प्राप्त समानुपातिक समावेशी अधिकार र पहिचान गुमाउन तयार छैनन’ उनले भनिन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np