Global Force Media

२०८३ जेष्ठ २१ - Thu Jun, 2026 -

‘आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ’ : नेता कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले  आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भने । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको स्पष्ट गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गरे । विगतका निर्वाचनबाट पार्टीले पाठक सिक्नुपर्नेमा पनि उनले जोड दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np