Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिका घेराउ गर्ने

काठमाडौँ । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिका घेराउ गर्ने भएको छ ।

समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा  कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौँ महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए ।

साथै, काठमाडौँ महानगर प्रहरीहरूले कवाड व्यवसायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइनजती गरेको उनले बताए ।

उनले अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेको उल्लेख गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np