Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ ।

सभापति रवि लामिछाने तीन महिना बढी समयदेखि हिरासतमा रहेपछि पार्टीका गतिविधि अघि बढाउन सचिवालय बैठक बोलाइएको हो । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी गतिविधिलाई निरन्तरता दिनका लागि यो बैठक बोलाइएको हो  ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np