Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

माओवादी हेडक्वार्टरतर्फ अघि बढे राजावादी

काठमाडौं । राजावादीको एउटा समूहले शुक्रबार (चैत १५) नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा आगजनीको प्रयास गरेको छ । काठमाडौंको आलोकनगरस्थित पार्टी कार्यालयमा आगजनीको प्रयास गरिएको हो ।

केही प्रदर्शनकारी एकीकृत समाजवादीको कार्यालयभित्र प्रवेश गरेका थिए । उनीहरूले त्यहाँका केही फर्निचरलगायत सामग्री बाहिर सडकमा ल्याएर आगजनी गरे ।

राजावादीको एक समूह पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को कार्यालयतर्फ अघि बढेको छ ।

शुक्रबारै यसअघि राजावादीले तीनकुनेस्थित व्यक्तिको घरमा तोडफोड र आगजनी गरेका थिए । आगो निभाउन पठाइएको दमकल पनि तोडफोड गरिएको थियो । त्यसक्रममा एक नगर प्रहरी घाइते भएका छन् ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np