Global Force Media

२०८३ बैशाख ४ - Fri Apr, 2026 -

मेटमणि भन्छन्-वर्तमान सरकार श्रमिकको विपक्षमा छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार दलाल पुँजीपतिको पक्षमा र श्रमिकहरूको विपक्षमा रहेको आरोप लगाए । तर, सरकारलाई श्रमिकको पक्षमा लाग्न आफूहरूले बाध्य पार्ने दाबी मेत उनले गरे ।

श्रमिकहरूको वास्तविक पार्टी एकीकृत समाजवादी भएको जिकिर गर्दै उनले संसद् र सडकबाट दबाब दिएर सरकारलाई श्रमिकतिर झुकाएरै छाड्ने बताए । ‘दलालको पक्षमा, उद्योगीहरुको पक्षमा, पुँजीपतिहरूको पक्षमा बनेको सरकारलाई कुनै पनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ,’ उनले भने ।

श्रमिकहरूले आफ्नो हक अधिकार प्राप्त गर्न दबाबमूलक आन्दोलन गर्नुपर्ने बताउँदै उनले सो आन्दोलनलाई बल पुग्ने गरी संसद्बाट आफूहरूले साथ दिने बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np