Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

समाजलाई अगाडि बढाउन संस्कृतिकाे महत्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह

धादिङ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिकाे महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लाेकसांस्कृतिक महाेत्सवमा सम्बाेधन गर्नुहुँदै उनले यस्तो बताएका हुन् ।

‘हाम्राे समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ,´ उपप्रधानमन्त्री सिंहले भने, त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीेले साँस्कृतिक महाेत्सवहरू मनाइरहनुपर्छ ।´

उनले भाषा, सँस्कृति विर्सिए पहिचान मेटिने भन्दै आफ्नाे संस्कृति, भेषभूषा, कलासँस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जाेड दिए । लाेकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नाे कला, धर्म,सँस्कृति जगेर्ना गर्न राम्राे वातावरण बनेकाे पनि बताउनुभयाे । लाेक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरेकाेमा उनले प्रशंसा पनि गरे ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाकाे पूर्वाधार विकासमा संङ, प्रदेश र स्थानीय तीनै तहकाे सरकारले मिलेर काम गर्ने बताए । ` आवश्यक्ता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछाैं । सबै काम एकैपटक हुँदैन । नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछाै,´ उनले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np