Global Force Media

२०८३ जेष्ठ १७ - Sun May, 2026 -

अखिल (क्रान्तिकारी)को आज निर्वाचन, कुन नेताको उम्मेदवार को ?

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

पटक पटक स्थगित हुँदै आएको मतदान आज बिहानबाट सुरू हुन लागेको हो ।

भावी नेतृत्व तथा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । जसअनुसार अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा र उपदेश यादवको उम्मेदवारी कायम रहेको छ ।

अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्यसहित २४३ जनाको शनिवार निर्वाचन चुनिँदैछन् ।

२३ औं सम्मेलनमा नेता नै पिच्छेका उम्मेदवार प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पार्टीभित्र गुट अन्त्य गर्न लागि परेको बताउँदै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि शक्ति बस्नेतमार्फत अध्यक्षमा सापकोटालाई समर्थन गरेका छन् ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले सकेसम्म सापकोटालाई अध्यक्ष बनाएर सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सापकोटा अध्यक्ष र हेमन्त राईलाई महासचिव बनाएर सहमतिको प्रयास खोजिएको थियो, तर त्यो सफल हुन सकेन् ।

माओवादी उपमहासचिव जनार्दन शर्माको साथ पाएका राईलाई भोजपुरकै माओवादी नेता सुदन किरातीको पनि समर्थन छ ।

अध्यक्षमा उम्मेदवारी दिएका सुदिन पौडेललाई माओवादी उपमहासचिव वर्षमान पुनको साथ छ भने अध्यक्षमा उम्मेदवारी दिएका उपदेश यादवलाई माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np