Global Force Media

२०८३ बैशाख ४ - Fri Apr, 2026 -

च्याट जीपीटी जस्तै चाइनिज डीपसीकले मच्चायो खलबली, अन्तर्राष्ट्रिय शेयरबजार समेत प्रभावित

काठमाडौं । च्याट जीपीटीजस्तै चीनले एआई बट डीपसीक लञ्च गरेको छ । यसले अमेरिकी सूचना प्रविधि कम्पनीमा खलबली मचाएको बीबीसीले जनाएको छ ।

कम लागतमा तयार गरिएको यो एआई बट १० जनवरीमा लञ्च भएपछि अमेरिकी शेयर बजारमा कयौं ठूला कम्पनीको शेयर मूल्य घटेको छ । यसको सबैभन्दा ठूलो झड्का दिग्गज चिप निर्माता कम्पनी एनभिडियालाई लागेको छ । यो कम्पनीको शेयरमा गिरावट आउँदा पाँच सय अर्ब डलरभन्दा बढी घाटा व्यहोर्नु परेको बीबीसीले जनाएको छ ।

डीपसीक लञ्चका कारण अमेरिकामा मात्र नभइ, जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१० जनवरीमा लञ्च भएको डीपसीक यति धेरै डाउनलोड भएको छ कि यसले च्याट जीपीटीलाई पनि पछि पारेको छ ।

डीपसीकलाई पूर्वी चीनको शहर हाङ्जोमा अवस्थित एक स्टार्टअप कम्पनीले तयार गरेको हो । अन्तर्राष्ट्रिय बजारमा सनसनी मचाइरहेको यो कम्पनीबारे भने धेरै जानकारी सार्वजनिक भइसकेको छैन ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार डीपसीक–भीथ्री मोडेललाई एनभिडियाको एच ८०० चिप्सको उपयोग गर्नका लागि अनुसन्धानदातालाई तालिम दिइएको थियो, जसको लागत ६ मिलियन डलरभन्दा पनि कम थियो ।

डेभलपर्सको दावी अनुसार डीपसीक–भी थ्री मोडल अन्य ओपनसोर्स मोडलभन्दा उत्कृष्ट छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा निर्मित चिप्सलाई चीनसम्म पुग्न रोक लगाएपछि सन् २०२१ मा डीपसीक एआई बट बनाउन सुरु गरिएको थियो ।

यसमा मिलेको सफलतालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को होडमा चीनको ठूलो उपलब्धि मानिएको छ । कतिपयले यसले अमेरिकालाई चुनौति थपेको विश्लेषण पनि गरिरहेका छन् ।

डीपसीकको सफलताबाट चीन एआईको दुनियामा आफ्नो पकड मजबुत गर्न काम गरिरहेको पुष्टि गरेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np