Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

ट्रम्प विरुद्ध जाँच गर्ने १२ अधिकारी बर्खास्त, यस्ता छन् आरोप

वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पको प्रशासनले न्याय मन्त्रालयका १२ अधिकारीलाई बर्खास्त गरेको छ । यी अधिकारीहरूले ट्रम्प विरुद्ध अनुसन्धान गरेका थिए ।

बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार, कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको न्याय मन्त्रालयका एक अधिकारीले बताए ।

यी अधिकारीहरूले राष्ट्रपति ट्रम्पको एजेन्डा पूर्ण इमानदारीका साथ कार्यान्वयन गर्न सक्षम हुनेछन् भन्ने उनलाई नलागेको बताइएको छ ।

यसैबिच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ ।

यी आदेशहरू सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली, र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np