Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

बाराको पथलैयाबाट करिब २ सय १० केजी गाँजा बरामद

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट प्रहरीले करिब २ सय १० केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च ३२२७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा सो मात्राको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा उक्त गाडीका चालक भागेका थिए । उनी भागेपछि प्रहरीले गाडी तलासी गर्दा बक्स पलङभित्र लुकाएर राखिएको गाँजा फेला परेको प्रहरीले बताएको छ ।

चालक फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरी केन्द्रीय कार्यालयले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np