Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

सामाजिक सञ्जालमा आतंक फैलाउनेविरुद्ध प्रहरीले थाल्यो कारबाही, ७ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत आतंक फैलाउनेविरुद्ध प्रहरीले कारबाही सुरु गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही थालेको हो ।

अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाले लगत्तै एसएसपी रमेश बस्नेतले सामाजमा आतंका सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए ।

सोही नीति अनुसार कारबाही प्रक्रिया सुरु गरिएको हो ।

बुधबार मात्रै अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न ठाउँहरूबाट ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन् । यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ ।

पक्राउ परकोहरूविरुद्ध प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा अनुसन्धान गर्ने बताएको छ ।

एसएसपी बस्नेतका अनुसार समाजमा अशान्ति मच्चाउनेविरुद्ध विशेष अपरेशन नै बनाएर काम सुरु गरिएको छ ।

‘गुण्डागर्दी, कुनै पनि किसिमका ग्याङ स्टार र आतंक सिर्जनाका कामहरूविरुद्ध निर्मम भएर कारबाही गर्न हामीले अपरेशन चलाएका छौं । अशान्ति मच्चाउने काममा संलग्न जोकोहीविरुद्ध कारबाही गरिन्छ,’ एसएसपी बस्नेतले अनलाइनखबरसँग भने ।

एसएसपी बस्नेतको निर्देशनपछि अपराध अनुसन्धान कार्यालयको गुण्डागर्दी हर्ने ४ नम्बर पिलरले उनीहरूलाई पक्राउ गरेको हो । ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरे कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेकाहरूले १०/१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए । यस्ता पोस्टले सामाज अशान्ति फैलने भन्दै प्रहरीले कारबाही सुरु गरेको जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np