Global Force Media

२०८३ बैशाख १९ - Sat May, 2026 -

मानव बस्ती बिचबाट लगिएको सव स्टेसनले जनताको उठिबास हुन्छ : सांसद गौतम

काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौँको शंखरापुर–लप्सेफेदीमा निर्माण हुने सव स्टेसनको विषय संसदमा उठाएकी छन् ।

शुक्रवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ‘प्रशस्त विकल्पहरू हुँदाहुँदै पनि मानव बस्ती बिचबाट लगिएको सव–स्टेसनले’ स्थानीय जनताको उठिबास हुने अवस्थामा पुगेको बताइन् ।

‘राज्यले नै अन्याय गरेको महसुस त्यहाँका जनताहरू गर्न थालेका छन् । आज प्रशासन र नागरिकबिच भएको द्वन्द्व त्यस क्षेत्र रणभूमिमा नै परिणत भइरहेको छ‚’ उनले भनिन्‚ ‘त्यहाँका जनता विकास विरोधी होइनन् तर राज्यको समन्वयात्मक व्यवहारको कमीले उनीहरूलाई विकास विरोधी जस्तो बनाउँदै गएको छ ।’

उनले जनताको भावनालाई बुझ्ने कोसिस नगरी बल प्रयोग गरिने विकास कार्यले जनतालाई कसरी राहत दिन सक्छ भन्दै प्रश्न गरिन् । ‘विकासलाई जनता स्वयमले आत्मसात् गर्न पाउनुपर्छ सरकारले जनताको आवाजलाई बेवास्ता गरी उम्कन हुँदैन‚’ उनले भनिन् ।

सांसद गौतमले त्यस क्षेत्रका जनप्रतिनिधि र आन्दोलनकारीसँग गम्भीर रूपमा वार्ता गर्न माग गर्दै भनिन्‚ ‘लाठी नभाँचियोस् सर्प पनि नमरोस् भन्ने गरी निकास निकाल्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np