Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

गृह मन्त्रालयको लफडाबारे छलफल गर्न ओली बालुवाटारमा

गृह मन्त्रालयको लफडाबारे छलफल गर्न ओली बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‌न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।

राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेबारे छलफल गर्न ओली बालुवाटार गएका हुन् ।

पछिल्लो समय पेचिलो बन्दै आएको गृह मन्त्रालय रास्वपालाई दिनुपर्ने ओलीले सार्वजनिक रुपमै बताउँदै आएका छन् । तर प्रचण्ड रास्वपालाई गृहमन्त्रालय नदिने पक्षमा छन् ।

रास्वपाले दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np