Global Force Media

२०८३ श्रावण ६ - Wed Jul, 2026 -

नेसपाको दलित उपाध्यक्षमा दुर्गा सोब र महिला उपाध्यक्षमा मानुषीको एकल उम्मेदवारी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) नयाँशक्ति पार्टीका दलित उपाध्यक्ष पदमा दुर्गा सोब  र महिला उपाध्यक्ष पदमा मानुषी यमी भट्टराईको एकल उम्मेदवारी परेको छ ।

आदिवासी जनजाती उपाध्यक्षमा भने चार जनाको उम्मेदवारी परेको छ । जसमा रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुपसिंह सुवाल र दलबहादुर लिम्बु छन् ।

यसैगरी मधेशी/थारु उपाध्यक्षमा उमेश साह र चिनक कुर्मीको उम्मेदवारी परेको छ ।

उपाध्यक्ष ५ जनामध्ये महिला, खसआर्य, आदिवासी जनजाति, मधेशी/थारू, दलित कोटाबाट चुनिने छन् ।

नेसपा नयाँशक्तिको संशोधित विधान अनुसार केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा ९० जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् चुनिने छन् । ९ जना भने मनोनीत हुनेछन् । पदाधिकारीको संख्या ११ हुनेछ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशन अन्तर्गत गएराति उम्मेदवारी दर्ताको कार्यक्रम थियो । आज दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुने छ । त्यतिबेला एकल उम्मेदवारी परेका दुर्गा सोब र मानुषी यमी भट्टराईलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

अध्यक्ष पदमा भने अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी महासचिवमा घमानसिंह गुरुङ, सोनाम सिंह स्याङ्तान र राजु नेपाको मनोनयन दर्ता भएको छ ।

खुला सचिवमा भरतराज दाहाल, दानबहादुर सहकारी, लक्ष्मण कार्की र छन्दबहादुर पन्थीको उम्मेदवारी परेको छ ।

महिला सचिवमा श्रीजना सुवेदी, आशाकुमारी तामाङ र सृजना रिजाल नेपालले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्ष पदमा हरिप्रसाद रिजाल र गोकर्णप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np