Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

‘पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्छ’

काठमाडौँ । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले स्थानीयलाई दमन गरेर नभइ सहकार्य गरेर सद्भावपूर्ण वातावरण निर्माण गरी समस्या समाधान गर्न आवश्यक रहेको बताइन् ।

सांसद झाले सरकारसँगै आन्दोलनरत स्थानीयलाई पनि विकास निर्माणप्रति सचेत रहन आग्रह गरिन् ।सांसद झाले मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्नेमा समेत जोड दिइन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np