Global Force Media

२०८२ असार ३ - Tue Jun, 2025 -

एयरपोर्ट अगाडि राजावादीहरूको नारा : हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरू पुग्नेक्रम शुरु भएको छ । विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरूले नाराबाजी शुरु गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरू विमानस्थल बाहिर भेला भएका हुन् । उनीहरूले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै नारा लगाइरहेका छन् ।

त्यस्तै राजवादी दल राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरूले नागरिकहरूलाई स्वागतमा भेला हुन आव्हान गरेका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिदै विमानस्थल परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np