Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

आईजी कुँवरसँगै ९ उच्च अधिकृत भोलिबाट अवकाशमा जाँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरसँगै ९ प्रहरी अधिकारीहरू भोलि (सोमबार) बाट अनिवार्य अवकाशमा जाँदैछन् ।

विद्यमान प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण ४ चैतको राति १२ बजेबाट आईजी कुँवरसँगै ९ प्रहरी अधिकारीहरू अवकाशमा जान लागेका हुन् ।

कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई अवकाशमा जाँदै छन् ।

त्यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल र धु्रवराज राउत पनि भोलि ४ चैतमा अनिवार्य अवकाशमा जाँदैछन् ।

उनीहरू ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनीहरूसँगै प्रहरी सेवामा प्रवेश गरेका एसपीद्वय श्यामकुमार राई र सञ्जयबहादुर राउत पनि केही दिनअघि मात्रै अवकाशमा गएका थिए । योभन्दा अघि उमेर हदका ठूलो संख्या यही ब्याचका एआईजी, डीआईजीहरू अवकाशमा गएका थिए ।

आईजीसहितका व्यक्ति अवकाशमा जाने भएपछि आईजीदेखि एआईजी, डीआईजी बढुवाका लागि पनि प्रतिस्पर्धा हुने भएको छ । आईजीको प्रतिस्पर्धामा एआईजी दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ छन् ।

उनीहरूमध्ये एक जना आईजीमा बढुवा भएसँगै एआईजी र डीआईजी बढुवाको बाटो खुल्छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np