Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

प्रदेश १ का सांसदले आज शपथ लिँदै

प्रदेश १ का सांसदले आज शपथ लिँदै

प्रदेश १ का सांसदहरूले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।

मंसिर ४ को निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्यको शपथ सकिएसँगै प्रदेश सरकार निर्माण थाल्ने दलहरुले जनाएका छन्।

प्रदेशका ९३ जना सदस्यलाई आज ज्येष्ठ सदस्य गयानन्द मन्डलले शपथ गराउनेछन्।

मण्डललाई प्रदेश प्रमुख पर्शुराम खापुङले साढे १२ बजे शपथ गराएपछि उनले सदस्यहरुलाई साढे १ बजे शपथ गराउनेछन्।

मोरङ ५ को क्षेत्र नम्बर १ बाट निर्वाचित मन्डल ७९ वर्षका छन्। प्रदेशको पहिलो कार्यकालमा पनि ज्येष्ठ सदस्यका रुपमा झापाका कांग्रेसका सांसद ओम सरावगीले पहिलो बैठकको अध्यक्षता गर्दै सासदहरुलाई शपथ गराएका थिए।

आइतबारदेखि केन्द्रीय सत्ता समीकरण फेरिएपछि प्रदेशमा पनि अब सरकार गठनको तयारी सुरु भएको छ।

प्रदेशमा एमालेसँग ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सासद छन्। कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ जना सांसद रहेको प्रदेशमा एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको नेताहरुले बताएका छन्।

एमालेले आइतबार नै हिक्मत कार्कीलाई दलको नेता चयन गरेको छ।

एमाले स्थायी कमिटी सदस्य कार्की पार्टी अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्रबाट चुनिएका प्रदेश सभा सदस्य हुन्। ओलीका निकट उनी प्रदेशको आन्तरिक मामिला मन्त्री भैसकेका नेता हुन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np