Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा करारमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै यादवविरुद्ध आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान गर्दा यादवले ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार जागिरे अवधिमा उनको तलब, भत्ता लगायत अन्य कारोबारबाट २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ वैध सम्पत्ति देखिएको छ । तर अनुसन्धानको क्रममा ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ उनको व्यय देखिएको आयोगको भनाइ छ ।

आयबाट व्यय रकम घटाउँदा उक्त रकम बराबर ऋणात्मक रही गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर भएकोले उक्त रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती अमृताकुमारीको नाममा समेत राखेको देखिएकाले उनलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको विज्ञप्तिमा छ ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np