Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्छ : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्ने बताएका हुन् ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएका दुई मुलुकको बीचमा नेपाल रहेको भन्दै ढंग नपुर्‍याउँदा सार्वभौतिसत्ता, अखण्डता र स्वाधिनताका कायम राख्न कठिन हुने बताए ।

‘हामीले जहिलेसम्म जियोपोलिटिक्स सेन्सेटिभिटीलाई बुद्धिमतापूर्ण ढंगले एड्रेस गर्न सक्दैनौँ हाम्रो देशलाई अगाडि बढ्न धेरै कठिन छ,’ पोखरेलले भने, ‘हामी संसारको लार्जेस्ट सेकेण्ड लार्जेस्ट जनसंख्या भएको मुलुकबीचमा छौँ । यस्तो अवस्थामा हामीले आफू जोगिन जोगाउन सार्वभौतिकता अखण्डता स्वाधिनता कायम राख्नका लागि धेरै विषयमा होस् पुर्‍याएर चल्नु पर्ने जरुरत छ ।’

राजावादीको आन्दोलनतर्फ इंगित गर्दै वर्तमान अवस्थामा नेपालको राष्ट्रिय शक्तिहरूलाई छिन्नभिन्न गराउने किसिमले कुनै शक्ति लागिरहेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहनुपर्नेमा जोड दिए ।

नेकपा एमालेले पार्टीको नीति निर्देशन र उद्देश्य मात्र नभइ समग्र राष्ट्रको समृद्धिका लागि सबै पक्षहरुलाई समेटेर अगाडि बढ्नुपर्ने उनले बताए ।

‘कतिपय कुराहरू पार्टीगत ढंगले गरिएको कुराहरू भन्दा पनि अलि पृथक ढंगल पनि सोच्नुपर्ने हुन्छ, देश निर्माण गर्ने खालका कुरा, पार्टीको एउटा भिजन छ । तर त्यो भिजनबाट निर्देशित भएर चलेर अगाडि बढ्ने हो,’ उनले भने, ‘यो सँगसँगै अन्य सम्भव भएका सबै पक्षहरुलाई समेट्ने हिसावले हामी जानुपर्ने हुन्छ । त्यो योग्यतापूर्वक गर्न सकियो भने मात्रै हामी ठिक ढंगले अगाडि बढ्नसक्छौँ । आज हाम्रो देशको सन्दर्भमा कतिपय लागिरहेका छन्, साथीहरूले भन्न खोज्न भाछ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np