Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

धनुषामा प्रहरीमाथि नै आक्रमण प्रयासपछि हवाई फायर

जनकपुरधाम । धनुषामा प्रहरीले हवाई फायर गरेको छ ।

धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको हो ।

प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास गरेका थिए ।

त्यसपछि प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np